नियम १७
महसुल तथा कर नलाग्ने
(१) कोषले आफ्नै स्रोतबाट स्वदेश वा विदेशबाट खरीद वा
पैठारी गरेको वा कोषलाई स्वदेश वा विदेशबाट चन्दा वा सहायता स्वरुप प्राप्त हुने नगद
जिन्सी, चल, अचल सम्पत्ति, सरसामग्री तथा औजारहरुमा प्रचलित कानून बमोजिम भन्सार
महसुल, बिक्रीकर र अन्य सबै किसिमको महसुल छूट दिइनेछ ।
 पहिलो संशोधनद्वारा थप ।
(२) कोषले चन्दा वा सहायता स्वरुप प्राप्त गरेको वा लगानी गरी आर्जन गरेको रकम
वा चल अचल सम्पत्तिमा प्रचलित कानून बमोजिम आयकर छूट दिइनेछ ।